‘संकटकाल र सटडाउनको अवस्थाबाहेक सरकारी कार्यालय बन्द गर्न मिल्दैन’
काठमाडौं । यातायात व्यवस्था विभागले सर्भर बिग्रिएको भन्दै देशभरका यातायात कार्यालयहरूबाट दिइने सबै सेवा बन्द गराएकोप्रति उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले आपत्ति जनाएका छन् । यो नागरिकमाथिको अत्याचार भएको उनको भनाइ छ ।
नेपालवाचसँग कुरा गर्दै बानियाँले विचौलियाहरूको प्रभावमा परेर यातायात कार्यालयहरू बन्द गरिएको दाबी गरे ।
‘देशमा संकटकाल लागेको अवस्था वा सटडाउन भएको अवस्थाबाहेक अन्य अवस्थामा सरकारी कार्यालयहरू बन्द गर्न मिल्दैन,’ उनले भने, ‘अहिले यो दुवै अवस्था होइन । यसर्थ, सानो निउँ बनाएर सरकारी कार्यालय बन्द गर्नु बेठीक हो ।’
सरकारी कार्यालय बन्द गर्नुले सरकार असफल भएको संकेत गरेको बानियाँको तर्क छ ।
‘सरकार असफल भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले रेणु यादवले तत्काल राजीनामा दिनुपर्छ ,’ उनले भने ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया