ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनका उपकरण हस्तान्तरण
काठमाडाैं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरेकी छिन् । बुधबार आयोजित एक समारोहबीच उनले ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरेकी हुन् ।
मन्त्री झाँक्रीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई २० वटा ह्वील लक तथा ८८ वटा म्याजिक लाईट हस्तान्तरण गरिन् । उक्त कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले बढ्दो सवारी साधन संगसंगै भईरहेको सवारी चाप व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङलाई निरूत्साहित एवं नियन्त्रण गर्नका लागि पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू सहयोगस्वरुप उपलब्ध गराइएको बताइन् ।
उनले ट्राफिक प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुहुदैँ उक्त उपकरणहरूको समुचित प्रयोग हुने अपेक्षासमेत व्यक्त गरिन् । महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने ट्राफिक फर्निचर एवं अन्य उपकरणहरु प्राप्तिमा शहरी विकास मन्त्रालय तथा विकास प्राधिकरणले गरेको पहल एवं अग्रसरतालाई हृदयदेखी नै धन्यवाद तथा आभार व्यक्त गरिन् ।
उनले हस्तान्तरण भएका उक्त उपकरणहरुले ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्नुका साथै अधिकतम उपयोग गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त एवं प्रभावकारी बनाउने विश्वास पनि दिलाइन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया