नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दल अध्यक्षमा गुरुङ्ग

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलमा अध्यक्ष चयन गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत ३ फागुनको निर्णय अनुसार देउवाले कांग्रेसको विधान २०१७ (संशोधन सहितको धारा ४२ (१) (च) बमोजिम रिक्त नेविसंघ र नेपाल तरुण दलमा अध्यक्ष चयन गरेका हुन् ।
जसमा नेविसंघमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलमा पर्वतकाविद्वान गुरुङ्गलाई चयन गरेका हुन् । गुरूङ दलका पूर्व काेषाध्यक्षसमेत हुन् ।
नेविसंघ अध्यक्ष बनाइएका शेर्पा अहिलेसम्म नेविसंघको कुनै भूमिकामा बसेका विद्यार्थी नेता होइनन् । उनी शंकरदेव क्याम्पस इकाइ सभापतिको प्रत्यासी भएका थिए । नेविंघमा केन्द्रीय सदस्य पनि नभएका शेर्पा आदिवासी विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भने भइसकेका छन् ।
नैनसिंह महर अध्यक्षमा निर्वाचित हुँदा शेर्पा जनजातितर्फबाट सहमहामन्त्रीमा उम्मेदवार बनेर पराजित भएका थिए । पहिले कृष्णप्रसाद सिटौला निकट रहेका शेर्पा पछिल्लो समय भने संस्थापन पक्षका आरजु र डा. प्रकाशशरण महत निकटका मानिन्छन् । नेविसंघमा रहेर भूमिका नदेखाए पनि शेर्पा सक्रिय विद्यार्थी नेता रहेको नेविसंघकै एक नेता बताउँछन् ।
तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया