सुनको मूल्य ११०० रूपैयाँले उकालो
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाँ घटेकोमा बिहीबार तोलामा एक हजार एक सय रूपैयाँ नै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख तीन सय रूपैयाँमा कारोबार भएको हो ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा आठ सय रूपैयाँ बढेर एक लाख तीन सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार छापावाल सुन तोलामा तीन सय रूपैयाँ बढेर ९९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार छापावाल सुन तोलामा ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन तोलामा ९८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदी तोलामा ५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी तोलामा एक हजार तीन सय ७० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया