पाँच निर्माण कम्पनीसँग अनुगमन कार्यालयले माग्यो स्पष्टीकरण
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण माग गरेको छ ।
विभिन्न निकायले कबुलअनुरूपका कार्य नगरेको भन्दै कालोसूचीमा राख्न पत्राचार गरेपछि यी निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।
लिखित स्पष्टीकरण सोधिएका निर्माण कम्पनीहरूमा अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि, अभिषेक निर्माण सेवा, श्रेष्ठ निर्माण सेवा, बिटी निर्माण सेवा र शिवराम कन्स्ट्रक्सन कम्पनी प्रालि छन् । यी निर्माण कम्पनीलाई क्रमशः चौकुने गाउँपालिका, सुर्खेत, सडक डिभिजन कार्यालय, दाङ, सडक पूर्वाधार विकास कार्यालय, तानसेन पाल्पा र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङले कालोसूचीमा राख्न लेखी पठाएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
कुनै पनि निर्माण कम्पनी वा फर्मले कबुलअनुसार काम नगरेको खण्डमा तिनलाई सरकारी कालोसूचीमा राख्न सकिन्छ । त्यसका लागि सम्बन्धित निकायले सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्राचार गर्नुपर्छ । त्यस्तो पत्राचारपछि कार्यालयले लिखित स्पष्टीकरण सोध्नुपर्छ । लिखित स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएमा त्यस्ता निकायलाई कार्यालयले कालोसूचीमा राख्नसक्छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया