विद्युत प्राधिकरणले दैनिक २० देखि २२ करोडको नोक्सानी व्यहोर्नुपर्छ : कार्यकारी निर्देशक घिसिङ

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग महंगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक २०–२२ करोड रूपैयाँको अतिरिक्त नोक्सान व्योहोर्नुपर्ने बताएका छन् । आज प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।
यसरी उच्च मूल्यमा बिजुली किनेर लामो समय प्राधिकरणले धान्न नसक्ने उनले बताए । छोटो समयको लागि महंगो नै भएपनि प्राधिकरणले भारतसँग ३८ रुपैयाँमा बिजुली किन्न लागेको जनाए । कार्यकारी निर्देशक घिसिङले ३५ दिनसम्म महँगो मूल्यमा ८ अर्ब रुपैयाँसम्म नोक्सान हुने कुरा स्पष्ट पारेका छन् ।
उनले प्राधिकरणको विषयमा सम्बन्धित रहेर सरकार, एफएनसीआई, सिमेन्ट इन्डस्टीलगायत विभिन्न निजी व्यवसायीहरुलाई बोलाएर छलफल गरेको बताए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया