NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

कपिलवस्तु एग्रो फिडले माग्यो सेल्स म्यानेजर पदको लागि कर्मचारी

काठमाडाैं । एग्रो फिड प्रालि,कपिलवस्तुले कर्मचारी माग गरेको छ । कम्पनीले एरिया सेल्स म्यानेजर को लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले मधेश प्रदेशका लागि दुई जना र मकवानपुर, चितवन र पुर्वी नवलपरासीको दुई जना कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी भएको दश दिनभित्र योग्यता पुगेका उम्मेदवारले आफ्नो शैक्षिक प्रमाणपत्रसहित कार्यलयमा गई वा ईमेल मार्फत आवेदन दिन आहवान गरेको छ ।

कम्पनीका अनुसार भेटेनरी डाक्टर, जेटिए र पोल्ट्री फिडसम्बन्धी ज्ञान भएकालाई विशेष प्राथमिकता दिएको छ । साथै ड्राइभिङ लाइसेन्स अनिवार्य गरेको छ ।