पल शाह पुर्पक्षका लागि थुनामा जाने कि धरौटीमा रिहा हुने आदेश आउँदै
काठमाडौं । नाबालिग गायिका बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहको मुद्दामा थुनछेक बहस सकिएको छ । हरिश्चन्द्र ढुंगानाको एकल इजालासमा थुनछेक बहस सकिएपछि आदेशको तयारी भएको हो ।
तनहुँ अदालत जिल्ला स्रोतका अनुसार आदेश लेख्ने तयारी भइरहेको छ । अबको एक घण्टा हाराहारीमा नाबालिगलाई बलात्कार गरेको मुद्दामा नायक शाहले पुर्पक्षका लागि थुनामा बसेर लड्ने कि धरौटीमा रिहा भएर बाहिरै बसेर मुद्दा लड्ने भन्ने आदेश आउने छ ।
धरौटीमा रिहा नभए नायक शाहले थुनामा बसेरै अन्तिम फैसला नआउँदासम्म मुद्दा लड्नुपर्नेछ ।
ती नाबालिग गायिकको जाहेरीका आधारमा बलात्कार मुद्दामा शाहमाथि १४ वर्षको जेल सजायँ माग गर्दै सरकारी वकिल कार्यालयले तनहुँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा शाहले ती नाबालिगमाथि पटकपटक बलात्कार गरेको बलियो प्रमाण जुटाएको दाबी गर्दै आएको छ ।
शाह र ती गायिकाबीच भएको फोन संवादको रेकर्ड, म्यासेजको अनुसन्धान, शाहका सहयोगीसँगको बयान, होटल संचालकसहितकासँग पनि प्रहरीले बयान लिएको थियो । यी सबै बलिया प्रमाणका आधारमा पनि शाहलाई धरौटीमा रिहा गर्ने सम्भावना कम रहेको बुझिएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया