चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी तीनदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । विभिन्न देशहरूको भ्रमणमा रहेका उनी उनी भारत हुँदै काठमाडौं ओर्लने कार्यक्रम छ ।
भ्रमणको दौरानमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का, प्रमुख राजनीतिक दलका शीर्ष नेतालगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।
स्रोतका अनुसार, यो क्रममा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोग परियोजना कार्यान्वयनबारे छलफल हुनेछ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया