साताको अन्तिम दिन बढ्यो सुनको मूल्य

काठमाडाैं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रूपैयाँ बढेर एक लाख ९०० रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार तोलामा एक हजार एक सय रूपैयाँ नै घटेर एक लाख तीन सय रूपैयाँमा कारोबार भएको थियो। बुधबार सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाँ घटेकोर ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार छापावाल सुनको मूल्य तोलामा आठ सय रूपैयाँ बढेर एक लाख तीन सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार छापावाल सुन तोलामा तीन सय रूपैयाँ बढेर ९९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार छापावाल सुन तोलामा ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मुल्य प्रतितोला एक लाख चार रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा २५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा एक हजार १ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको हो । बिहीबार चाँदी तोलामा ३७५ रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया