साताको अन्तिम दिन बढ्यो सुनको मूल्य
काठमाडाैं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रूपैयाँ बढेर एक लाख ९०० रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार तोलामा एक हजार एक सय रूपैयाँ नै घटेर एक लाख तीन सय रूपैयाँमा कारोबार भएको थियो। बुधबार सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाँ घटेकोर ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार छापावाल सुनको मूल्य तोलामा आठ सय रूपैयाँ बढेर एक लाख तीन सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार छापावाल सुन तोलामा तीन सय रूपैयाँ बढेर ९९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार छापावाल सुन तोलामा ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मुल्य प्रतितोला एक लाख चार रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा २५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा एक हजार १ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको हो । बिहीबार चाँदी तोलामा ३७५ रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया