नेपाल कमर्स क्याम्पसद्वारा तथ्यहीन समाचार सम्प्रेषण गरेको भन्दै ध्यानाकर्षण

काठमाडाैं । मिनभववस्थित नेपाल कमर्स क्याम्पसले विभिन्न सञ्चार माध्यमले क्याम्पसको नाम र आर्थिक पक्ष सगँ जोडेर तथ्यहीन, भ्रामक एवं गलत समाचार सम्प्रेषण गरेको भन्दै ध्यानाकर्षण गराएको छ ।
क्याम्पसले त्रिभुवन विश्वविद्यालयका ऐन नियम, तथा निर्देशिकाले व्यवस्था गरे बमोजिम शैक्षिक,आर्थिक तथा प्रशासनिक रुपमा सञ्चालन हुदै आएका आधारलाई अध्ययन नगरी हचुवाको भरमा समाचार प्रकाशित गरेकोमा आपत्ति जनाएको छ ।
सत्य तथा यर्थातलाई नबुझी क्याम्पस र प्राशिक व्यक्तित्वको नाम तथा फोटो प्रयोग गरी चरित्र हत्या गर्न खोजेको र सबै समाचार भ्रामक, झुठा र कपोलकल्पित भएको क्याम्पसले दाबी गरेको छ । साथै सञ्चारमाध्यमहरुमा प्रकाशित तथा प्रसारित समाचारमा कुनै यथार्थ नभएकोबारे सम्बन्धित सबै सरोकारवाला समक्ष क्याम्पसले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।
प्रतिक्रिया