अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनी सीमाकाे भ्रमणमा
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्धबाट विस्थापित भएका शरणार्थीलाई पोल्यान्ड-युक्रेन सीमामा शुक्रबार भेट्ने भएका छन् ।
४ दिने युरोप भ्रमणमा रहेका बाइडेनले अमेरिका फर्किनुअघि युद्ध विस्थापितहरुलाई भेट्ने भएका हुन् । युक्रेनी सीमाबाट केही किलोमिटरको दुरीमा रहेको पोल्यान्डको सहर जेस्जोमा एयर फोर्स वनमार्फत बाइडेनले अवतरण गर्नेछ ।
भ्रमणको क्रममा बाइडेनले अमेरिकाको ८२ औं एयरबोर्न डिभिजनका सदस्यहरूलाई भेट्ने अपेक्षा गरिएको छ, जुन नाटोको पूर्वी भागमा तैनाथ गरिएको सैन्य इकाई हो ।
उनले युक्रेनको भयावह मानवीय अवस्थाका बारेमा पनि जानकारी लिनेछन् । युद्धका कारण २० लाख भन्दा बढी शरणार्थीहरू पोल्याण्डमा पसेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया