दोहारी साँझमा महिलामाथि हातपात गर्ने एमालेका युवा नेता पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक दोहोरो साँझमा महिलामाथि हातपात गरेको भन्दै प्रहरीले नेकपा एमालेका युवा नेतालाई पक्राउ गरेको छ ।
महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले एमाले निकटको युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई पक्राउ गरेको हो ।
बमलाई अभद्र व्यवहारमा म्याद लिएर अनुसन्धान अघि बढाइएको सोह्रखुट्टे प्रहरीले जनाएको छ ।
बमले ती महिलामाथि हातपात गरेको सिसिटिभी फुटेजमा प्रष्टै देखिएपछि म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
बमले दोहोरो साँझमा गीत गाउँने गायिकामाथि हातपात गरेका हुन् ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया