ऊर्जा संकटबारे कुलमान– अब लोडसेडिङको तीतो अनुभव कहिल्यै गर्नुपर्दैन

काठमाडौं । करिब एक दशक लामो लोडसेडिङको चरम कहरको तीतो अनुभव नेपाली जनताले भोगिसकेका छन् । चार वर्षयता भने नेपाली जनताले फाट्फुट्टबाहेक लोडसेडिङको दुःख भोग्नुपरेको छैन ।
लामो समयसम्म लोडसेडिङको पीडाबाट जनताले कसरी उन्मुक्ति पाए ? त्यसको श्रेय भने सिधैं प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जान्छ । देशमा चरम लोडसेडिङ भइरहेको बेला तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले घिसिङलाई पहिलो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । घिसिङ २७३ भदौमा कार्यकारी निर्देशक नियुक्ति भएका हुन् ।
उनले आफ्नो कार्यकालमा लोडसेडिङको अन्त्य मात्रै गरेनन्, घाटा बेहोर्दै आएको प्राधिकरणलाई नाफामा परिणतसमेत गराउनमा ठूलो भूमिका खेले । त्यसपछि उनी ०७७ भदौ २९ मा आफ्नो चारवर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए ।
उनको कार्यकालपश्चात हीतेन्द्रदेव शाक्यलाई ओली सरकारले कार्यकारी निर्देशकमा नियुक्ति ग¥यो । शाक्यको कार्यप्रति भने कसैले सन्तुष्टि जनाउन सकेनन्, जनताले पुनः कुलमान नै आउनुपर्छ भन्ने आवाज उठाउन थाले । ओली सरकारपछि देउवा सरकार आयो । देउवा सरकार पनि उनको कार्यसम्पादनप्रति सन्तुष्टि हुन सकेको थिएन ।
प्राधिकरणका कार्यकारी निर्देशक र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच हुने कार्यसम्पादन करार सम्झौतामा उल्लेख भएअनुसारको जिम्मेवारी पूरा नगरेको उनीमाथि आरोप थियो । त्यसपछि पुनः देउवा सरकारले कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त ग¥यो । अहिले उनी प्राधिकरणको कार्यभार समालिरहेका छन् ।
प्राधिकरणमा पहिलोपटक घिसिङ कार्यकारी निर्देशक नियुक्ति भएर आएपछि दिनको १८ घण्टाभन्दा बढी लोडसेडिङ खेप्नुपर्ने समस्याको अन्त्य भएको हो । लोडसेडिङ हटाउनमा प्राधिकरणका निर्देशक कुलमान घिसिङको ठूलो योगदान भएको भन्दै जनताले उनलाई उच्च प्रशंसा गर्ने गरेका छन् । जनजिब्रोमा निर्देशक घिसिङकै नाम झुण्डिएको पाइन्छ । अहिले पनि सारा नेपालीको विश्वास कुलमानमै अडेको छ ।
लोडसेडिङ कहिल्यै दोहोरिदैन : कार्यकारी निर्देशक घिसिङ
पछिल्लो समय औद्योगिक क्षेत्रमा विद्युत् अभाव देखिन थालेको छ । यसबेला धेरैले फेरि देश लोडसेडिङतिर धकेलिने हो कि भन्ने अनुमान गर्न थालेका छन् । धेरै मानिस कुलमान प्राधिकरणमा भएपछि त्यस्तो समस्या भोग्नु नपर्नेमा ढुक्क देखिन्छन् भने केहीले लोडसेडिङ हुने हो कि भनेर संशय व्यक्त गरेका छन् ।
प्राधिकरणका निर्देशक घिसिङ भने अब जनताले लोडसेडिङको तीतो अनुभव कहिल्यै भोग्नुनपर्ने बताउँछन् । उनले बिहीबार एक कार्यक्रमका बीच त्यस्तो खालको अभिव्यक्ति दिएका थिए । अहिले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् अभाव ‘तत्कालीन संकट’ मात्र भएको बताउँदै उनले यस्तो किसिमको अभिव्यक्ति दिएका हुन् ।
उनी भन्छन्, ‘घरायसी, साना उद्योग र व्यावसायिक ग्राहकलाई लोडसेडिङ हुँदैन । शुक्रबारदेखि प्रतियुनिट ३८ रूपैयाँ तिरेर विद्युत् खरिद गरी औद्योगिक ग्राहकलाई समेत उपलब्ध हुनेछ ।’
निर्देशक घिसिङ अहिलेको विद्युत् अभाव नेपालको मात्रै नभएर विश्वमा नै रहेको स्पष्ट पार्छन् । उनले भने, अहिलेको विद्युत् अभाव नेपालको मात्रै होइन विश्वमा नै रहेको छ । विश्वमा नै विद्युत् अभाव किन भयो भने भारतमा ७० प्रतिशत पोलवेस जेनेरेसन हो ।’ उनले भारतले आयात गरेकोबाट मात्रै नेपालले आयात गर्न पाइन्छ भनेर भारतको नीतिमा स्पस्ट उल्लेख गरेको सुनाए । भारतमा अहिले इन्पोटेट कोलको अत्यधिक अभाव छ ।
अहिले अन्तर्राष्ट्रिय रूपमा रुस र युक्रेनबीचको तनावदेखि अन्य धेरै समस्या परेको हुनाले सबै मेटियलमा र कोलमा समस्या भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
घिसिङले करिब ८ महिना नेपाललाई विद्युत् आयात गर्नुनपर्ने बताए । उनी भन्छन्, ‘करिब ८ महिना नेपाललाई विद्युत् आयात गर्नुपर्दैन । ४ देखि ५ महिना आयात गर्नुपर्छ ।’ उनका अनुसार नेपालले अझै अर्को दुई वर्ष सुख्खा समयमा विद्युत आयात गर्नुपर्ने अवस्था हुनसक्छ ।
‘अहिलेको समय भनेको सुख्खा समय हो, यत्तिबेला उत्पादन एकदमै कम हुने तर माग बढ्ने समय हो । हामीले आयात गरेको कोल भनेकै इनपोटेट कोलको विद्युत् आयात गरेको हो ।’
उनका अनुसार आयातमा तीन वटा अप्सन थियो । पहिलो अप्सन वाइल्याटल सम्झौता । जुन एनबिबिएन भारतीय सरकारको सहरकारी कम्पनी एनबिबिएनबाट नेपालले डेढ सय मेगावटको आयात डल्केबर प्रसारण लाइनबाट गथ्र्यो । उनीहरूसँग एक वर्षको सम्झौता थियो । त्यो सम्झौता डिसेम्बरदेखि जुनसम्म डेढ सय मेगावट आयात गर्ने थियो । ४ रूपैयाँ १६ पैसामा उक्त सम्झौता पारेको घिसिङले सुनाए ।
पिटिसीबाट टनकपुरबाट ४ रूपैयाँ १२ पैसामा आयात गर्ने भनेर सम्झौता परेका थियौं । सम्झौता अनुसार भारतको कोल भनेको आयातीत इनेरेटर हो । एक महिना अगाडि उनीहरूले यो जेनेरेटरबाट निर्यात गर्न नसकिने भएको थियो । उनीहरूले एक महिनाअगाडि नै बन्द गरे । एनबिबिएनले ३०/४० मेगावट भए पनि निर्यात गरिरह्यो ।
घिसिङका अनुसार अहिले प्राधिकरणले ३० प्रतिशत विद्युत् आयात गरिहेको छ । चालु आर्थिक वर्षको माघसम्म प्राधिकरणले ४ अर्ब हाराहारीमा मात्रै आयात गरेको छ । यो वर्ष ७ देखि ८ अर्बको आयात हुने प्राधिकरणको आकलन छ । तर अहिले मूल्य एकदमै महँगो भएकाले १० अर्बको हाराहारीमा पुग्ने घिसिङले अनुमान लगाए ।
गत वर्ष प्राधिकरणले २५ अर्बको आयात गरेको थियो । जसले गर्दा त्यति आयातले नेपाललाई नपुग्ने घिसिङ स्वीकार्छन् । उनी भन्छन्, ‘त्यो आयात पुग्दैन । बढीमा ३ महिना मात्रै हो ।’ यस्तो अवस्थामा धेरैले लोडसेडिङ नै हुन्छ भने पनि त्यस्तो नहुने उनको जिकिर छ ।
प्राधिकरणलाई दैनिक २२ करोड नोक्सानी
प्राधिकरणले अहिले भारतबाट प्रतियुनिट ३८ रूपैयाँमा विद्युत् किन्न लागेको छ । यो महँगो मूल्य हो । ३८ रूपैयाँ प्रतियुनिटमा खरिद गरेर नौ रूपैयाँ मात्र प्राप्त हुने अवस्थामा नेपालले लामो समय धान्न नसक्ने घिसिङको भनाइ छ । घिसिङका अनुसार ३५ दिनमा प्राधिकरणले १६ रूपैयाँ नै तिर्नपरेको खण्डमा पनि करिब ८ अर्ब रूपैयाँ घाटा बेहोर्नुपर्ने छ । तर छोटो समयमा मँहगो भए पनि उद्योगलाई सजिलो होस् भनेर प्राधिकरण लागेको घिसिङ सुनाउँछन् । मँहगो मूल्यमा विद्युत् खरिद गर्दा नेपाललाई दैनिक २२ करोड रूपैयाँ नोक्सान हुने घिसिङले बताए ।
यस्तो अवस्थामा सरकारले पनि केही गर्ला कि भन्ने घिसङको अपेक्षा छ । साथै उनले यस विषयमा विभिन्न निजी क्षेत्रसँग छलफल गरी सहयोगको लागि अपिल गरेको सुनाए । छोटो समयको लागि भए पनि महँगो भएर पनि विद्युत किनेर उद्योग चलाउने प्राधिकरणको योजना रहेको घिसिङले बताए ।
गर्मी महिनामा विद्युत्को अभाव भए पनि नेपाल विद्युतमा आत्मनिर्भर हुँदै गएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । उनका अनुसार गर्मी महिनामा विद्युत् अभाव भए पनि असारपछि भारतलाई निर्यात गर्नसक्ने क्षमता छ ।
विद्युत खपत बढाउनुपर्छ
निर्देशक घिसिङ विद्युत् खपत बढाउनुपर्नेमा जोड दिन्छन् । सुख्खा समयमा विद्युतको अभाव देखिएको भएता पनि सधैँ त्यस्तो नहुने भएकाले लोडसेडिङ हुन्छ कि भन्ने द्विविधामा नरहन उनले आग्रह गरे । ‘विद्युत् जति खपत गर्न सकिन्छ, त्यति प्राधिकरण विद्युत् दिन तयार छ,’ उनले भने ।
२०० मेगावट असारसम्म आउँदैछ । ८ सय मेगावटको सात वटा आयोजनाहरू भारतसँग समन्वय गरिसकेको घिसिङले बताए । सुख्खा समयभन्दा अगाडि गर्ने योजना बनाएको पनि उनले सुनाए । उनले भने, ‘अहिले उद्योगहरूलाई घरघरमा गएर विद्युत् खपत बढाउन अभियान चलाएका छौं । उद्योगले चाहेजति विद्युत् दिन तयार छ । अहिले केही मूल्य बढेको छ । सधैं यस्तो हुँदैन ।’
प्रतिक्रिया