हलिउड अभिनेता सिल्भियो नेपालमा

काठमाडौं । हलिउड अभिनेता सिल्भियो सिमाक पहिलाेपटक नेपाल आएका छन् । एक्सन फर नेसन्सको आयोजनामा शनिबार काठमाडौंमा हुने महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिममा सहभागि हुन आएका हुन् ।
एक्शन फर नेसन्सको सद्भावना दूत समेत रहेका सिल्भियो शनिबार नै नेपाल आइपुगेका छन् । उनी मार्शल आर्टिस्ट र विश्व च्याम्पियन पनि हुन् ।
सिल्भियोले ‘कनिट्स अफ थे डामनेड’, ‘द विजर्ड्स हन्टर’, ‘ब्ल्याक मास्क स् सिटी अफ मास्क्स’, ‘टेन डेड म्यान’, ‘द डार्क किङ्गडम’, ‘ट्रान्सपोर्टर ३’ लगायतका हलिउड फिल्ममा अभिनय गरेका छन् ।
एक्सन फर नेसन्सले महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिम गरेको भन्दै हालै अमेरिकामा ‘शो फेस्ट सोसल अवार्ड २०२२’ समेत प्राप्त गरेको थियो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया