हलिउड अभिनेता सिल्भियो नेपालमा
काठमाडौं । हलिउड अभिनेता सिल्भियो सिमाक पहिलाेपटक नेपाल आएका छन् । एक्सन फर नेसन्सको आयोजनामा शनिबार काठमाडौंमा हुने महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिममा सहभागि हुन आएका हुन् ।
एक्शन फर नेसन्सको सद्भावना दूत समेत रहेका सिल्भियो शनिबार नै नेपाल आइपुगेका छन् । उनी मार्शल आर्टिस्ट र विश्व च्याम्पियन पनि हुन् ।
सिल्भियोले ‘कनिट्स अफ थे डामनेड’, ‘द विजर्ड्स हन्टर’, ‘ब्ल्याक मास्क स् सिटी अफ मास्क्स’, ‘टेन डेड म्यान’, ‘द डार्क किङ्गडम’, ‘ट्रान्सपोर्टर ३’ लगायतका हलिउड फिल्ममा अभिनय गरेका छन् ।
एक्सन फर नेसन्सले महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिम गरेको भन्दै हालै अमेरिकामा ‘शो फेस्ट सोसल अवार्ड २०२२’ समेत प्राप्त गरेको थियो ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया