जी ७ राष्ट्रहरूद्वारा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रक्षेपणको निन्दा

वासिंटन । जी ७ राष्ट्रहरूले उत्तर कोरियाद्वारा बिहीबार (स्थानीय समय) मा गरिएको अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रक्षेपण सहित ब्यालिस्टिक क्षेप्यास्त्रको निरन्तर परीक्षणको निन्दा गरेको अमेरिकी विदेश मन्त्रालयको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘हामी, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम र अमेरिकाका जी ७ विदेशका मन्त्रीहरू र युरोपेली संघका उच्च प्रतिनिधिहरू लोकतान्त्रिक जन गणतन्त्रद्वारा ब्यालिस्टिक मिसाइलहरूको निरन्तर परीक्षणको कडा निन्दा गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
परराष्ट्र मन्त्रीहरूले उत्तर कोरियालाई सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावहरूबाट उत्पन्न हुने सबै कानूनी दायित्वहरूको पूर्ण पालना गर्न आग्रह गरेका छन् । उनीहरूले संयुक्त राज्य अमेरिका, कोरिया गणतन्त्र र जापानलगायत सम्बन्धित सबै पक्षहरूले राखेका बारम्बार वार्ताका प्रस्तावहरूलाई स्वीकार गर्न कोरियालाई आह्वान गरे ।
मन्त्रीहरूले सामूहिक विनाशकारी हतियारहरूको जोखिमलाई छुँदै भने, ‘हामी सबै राज्यहरूलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा लगाइएका उत्तर कोरिया सम्बन्धी सबै प्रतिबन्धात्मक उपायहरू पूर्ण र प्रभावकारी रूपमा लागू गर्न र सामूहिक विनाशकारी हतियारहरूको प्रसारको जोखिमलाई सम्बोधन गर्न आह्वान गर्दछौं ।’
यसैबीच भारत र दक्षिण कोरियाले पनि उत्तर कोरियाद्वारा गरिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षणको निन्दा गरेका छन्।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया