भारतका अजित अगरकरको रेकर्ड तोड्दै सन्दीपले विश्व कीर्तिमान कायम गरे
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एकदिवसीयमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलर बनेका छन् ।
शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा पपुवा न्युगिनीविरुद्ध १ विकेट लिएपछि सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पार गरेर नयाँ रकेर्ड कायम गरेका हुन् ।
यस अघि १९ खेलमा ५० विकेट पूरा गर्ने विश्वकीर्तिमान श्रीलंकाका अजन्था मेन्डिसको नाममा रहेको छ ।
टी-२० अन्तर्राष्ट्रियमा भने उनले अघिल्लो महिना ५० विकेट पूरा गरेका हुन् । कम खेलमा ५० विकेट छिटो पूरा गर्ने खेलाडीमा भारतका अजित अगरकरको रेकर्ड तोड्दै सन्दिप दोस्रो स्थानमा छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया