भारतका अजित अगरकरको रेकर्ड तोड्दै सन्दीपले विश्व कीर्तिमान कायम गरे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एकदिवसीयमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलर बनेका छन् ।
शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा पपुवा न्युगिनीविरुद्ध १ विकेट लिएपछि सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पार गरेर नयाँ रकेर्ड कायम गरेका हुन् ।
यस अघि १९ खेलमा ५० विकेट पूरा गर्ने विश्वकीर्तिमान श्रीलंकाका अजन्था मेन्डिसको नाममा रहेको छ ।
टी-२० अन्तर्राष्ट्रियमा भने उनले अघिल्लो महिना ५० विकेट पूरा गरेका हुन् । कम खेलमा ५० विकेट छिटो पूरा गर्ने खेलाडीमा भारतका अजित अगरकरको रेकर्ड तोड्दै सन्दिप दोस्रो स्थानमा छन् ।
प्रतिक्रिया