बर्दियामा पाटेबाघ मृतावस्थामा भेटियो
बर्दिया । यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ । आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच/छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो ।
एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए ।
थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीले जानकारी दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया