NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी कमिटी बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका अनुसार, बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने तय भएको छ ।

बैठकले आसन्न स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउने नेताहरूले बताएका छन् । एमालेको भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकले स्थानीय तह निर्वाचनलक्षित विभिन्न निर्णय गरेको छ ।
महाधिवेशनपछि पहिलो पटक एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । यो कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन् ।