NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

ओलीले चिनियाँ विदेशमन्त्रीलाई मेरियट होटल गएरै भेटे

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीलाई कमलपोखरीस्थित मेरियट होटलमा गएर भेटेका छन् ।

नेपाल भ्रमणका आएका चिनियाँ विदेशमन्त्री विदेशमन्त्री वाङ र ओलीबीच केही बेरअघि भेटवार्ता भएको हो ।

चीनको राज्यपरिषद् सदस्यसमेत रहेका वाङसँगको भेटमा ओलीले बिआरआई, द्विपक्षीय हितलगायत विषयमा छलफल गरेको बताइएको छ ।

नेपालले अमेरिकी परियोजना एमसिसी पारित गरेपछि भएको चिनियाँ अधिकारीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

विदेशमन्त्री वाङ पुनः वाम गठबन्धन गराउने प्रयासस्वरूप आएको कतिपयको विश्लेषण छ ।

विदेशमन्त्री वाङले यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आदिसँग पनि आजै भेटवार्ता गरिसकेका छन् ।

शुक्रबार  नेपाल आइपुगेका विदेशमन्त्री वाङ कमलपोखरीस्थित मेरियट होटलमा बसिरहेका छन् ।

प्रधानमन्त्री भइसकेका नेपाली नेताहरूले होटमै गएर विदेशमन्त्रीलाई भेट्नुलाई कूटनीतिक मर्यादाविपरीतको काम भएको भन्दै आलोचना भइरहेको छ ।