सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक ४१.४३ अंकले घटेर दुई हजार ५७२.२३ मा पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आज बजार १.५९ प्रतिशतले घटेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९५ प्रतिशतले घटेको छ । यस्तो परिसूचक ९.५५ अंकले ओरालो लागेर ४७९.३९ पुगेको छ । आज २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता सेयर चार अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
निर्जीवन बीमाबाहेक सबै उपसमूहका शेयर मूल्यमा गिरावट
नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहका सेयर मूल्य घटेका छन् भने निर्जीवन बीमा उपसमूह मात्रै बढेको छ । निर्जीवन बीमा उपसमूह १३३.३५ अंकले बढ्दा, बैंकिङ २१.०२, व्यापार ५५.८२ होटल तथा पर्यटन ६६.४२, विकास बैंक १४५.६८, जलविद्युत् ७६.०६, वित्त ६२.२५, उत्पादन १४५.७९, अन्य ९३.६५, लघुवित्त ३९.७१, जीवन बीमा ९८.६१, सामूहिक लगानी कोष ०.१३ र लगानी १.३७ अंकले ओरालो लागेका छन् ।
आजको बजारमा कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ । यो कम्पनीको २७ करोड ५६ लाख ७४ हजार ३९३ मूल्य बराबरको कारोबार भयो । यस्तै गुँरास लाइफ इन्सुरेन्सको १७ करोड ५१ लाख दुइ हजार ८६० रूपैयाँ, एभरेष्ट इन्सुरेन्स कम्पनीको १६ करोड ३१ लाख ४७ हजार ६७ रूपैयाँ, सूर्य लाइफ इन्सुरेन्स कम्पनीको १६ करोड २९ लाख २२ हजार ७२८ रूपैयाँ र प्रभु इन्सुरेन्स कम्पनीको संस्थापक सेयर १५ करोड ३३ लाख ४० हजार बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।
आजको कारोबारमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल लिमिटेडको ९.९९, राष्ट्रउत्थान लघुवित्त संस्था ९.९९, सानिमा जनरल इन्सुरेन्स ९.६७ र जनरल इन्सुरेन्स कम्पनीको शेयरमूल्य ९.६५ प्रतिशतले बढेको छ । उता मल्टीपर्पस फाइनान्स कम्पनीको सेयर मूल्य भने ५.५ प्रतिशले घटेको छ । नारायणी डेभलपमेण्ट बैंक ५.२५, नेरुडे लघुवित्त वित्तीय संस्था ४.८६, मञ्जुश्री फाइनान्स ४.८१ र युनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य ४.६८ प्रतिशतले घटी शीर्ष पाँचमा परेका छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया