प्रचण्ड र ओलीपछि सन्दीप क्षेत्रीले भेटे राष्ट्रपति
काठमाडौं । हाँस्य कलाकार सन्दीप क्षेत्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
कलाकार क्षेत्रीले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।
क्षेत्री श्रीमती समीक्षा पोखरेललाई लिएर शितल निवास पुगेका थिए ।
क्षेत्रीले गत फागुन ९ गतेमात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।
यस्तै, केही महिनाअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरेका थिए ।
स्थानीय चुनाव नजिकिँदै गर्दा कलाकारहरू राजनीतिक दलमा लाग्ने क्रम चलिरहेको छ । यसैबीच, कलाकार क्षेत्रीले पनि नेताहरूलाई भेटिरहेका छन् । यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया