ओस्कार अवार्डः ‘कोडा’ बन्याे सर्वाेत्कृष्ट फिल्म

काठमाडौं । फिल्म कोडाले यस वर्षको ओस्कार अवार्ड जितेको छ । यसपटक ‘द पावर अफ द डग’को निकै चर्चा भएको थियो र धेरै सिनेमा विज्ञहरुले ‘द पावर अफ द डग’लाई यस वर्षको उत्कृष्ट फिल्मको मुख्य दावेदारका रुपमा लिएका थिए ।
फिल्म कोडा एउटा पारिवारिक कथा हो । जसका अधिकांश सदस्यमा सुन्ने क्षमता हुँदैन । र यो परिवारमा छोरीले मात्र कान सुन्न सक्ने भएकाले छोरीमार्फत माछा मार्ने सानो व्यवसाय चलाउँछन् ।
फिल्मका निर्माताले अवार्ड ग्रहण गर्ने क्रममा आफ्नो मन्तव्यमा निर्देशक शन हेडरलाई धन्यवाद दिँदै भने, ‘यस्तो ठूलो डुङ्गा चलाउनु भएकोमा धन्यवाद ।’
कोडा ओस्करमा तीनवटा विधामा मनोनयनमा परेकाे थियाे ।
कोडासँगै द पावर अफ डग, वेस्ट साइड स्टोरी, बेलफास्ट, ड्युन, लिकोराइस पिज्जा, किङ रिचार्ड, डन्ट लुक अप, ड्राइभ माइ कार, नाइटमेर एली मनोनयमा परेका थिए ।
ओस्कार जित्नेको सूचीः
फिल्मः कोडा
निर्देशकः जेनी क्याम्पियन (द पावर अफ द डग)
अभिनेत्री जेसिका चेस्टिन (द आइज अफ ट्यामी फेइ)
अभिनेताः विल स्मिथ (किङ रिचर्ड)
सह-अभिनेत्रीः एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
सह-अभिनेताः ट्रोइ कोत्सर (कोडा)
कस्ट्युम डिजाइन: क्रुएला (जेन्नी विभान)
ध्वनीः ड्युन
ओरजिनल स्कोरः ड्युन (हान्स जिमर)
एडप्टेड स्क्रिननप्लेः सायन हेडेर (कोडा)
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया