ओस्कार अवार्डः ‘कोडा’ बन्याे सर्वाेत्कृष्ट फिल्म
काठमाडौं । फिल्म कोडाले यस वर्षको ओस्कार अवार्ड जितेको छ । यसपटक ‘द पावर अफ द डग’को निकै चर्चा भएको थियो र धेरै सिनेमा विज्ञहरुले ‘द पावर अफ द डग’लाई यस वर्षको उत्कृष्ट फिल्मको मुख्य दावेदारका रुपमा लिएका थिए ।
फिल्म कोडा एउटा पारिवारिक कथा हो । जसका अधिकांश सदस्यमा सुन्ने क्षमता हुँदैन । र यो परिवारमा छोरीले मात्र कान सुन्न सक्ने भएकाले छोरीमार्फत माछा मार्ने सानो व्यवसाय चलाउँछन् ।
फिल्मका निर्माताले अवार्ड ग्रहण गर्ने क्रममा आफ्नो मन्तव्यमा निर्देशक शन हेडरलाई धन्यवाद दिँदै भने, ‘यस्तो ठूलो डुङ्गा चलाउनु भएकोमा धन्यवाद ।’
कोडा ओस्करमा तीनवटा विधामा मनोनयनमा परेकाे थियाे ।
कोडासँगै द पावर अफ डग, वेस्ट साइड स्टोरी, बेलफास्ट, ड्युन, लिकोराइस पिज्जा, किङ रिचार्ड, डन्ट लुक अप, ड्राइभ माइ कार, नाइटमेर एली मनोनयमा परेका थिए ।
ओस्कार जित्नेको सूचीः
फिल्मः कोडा
निर्देशकः जेनी क्याम्पियन (द पावर अफ द डग)
अभिनेत्री जेसिका चेस्टिन (द आइज अफ ट्यामी फेइ)
अभिनेताः विल स्मिथ (किङ रिचर्ड)
सह-अभिनेत्रीः एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
सह-अभिनेताः ट्रोइ कोत्सर (कोडा)
कस्ट्युम डिजाइन: क्रुएला (जेन्नी विभान)
ध्वनीः ड्युन
ओरजिनल स्कोरः ड्युन (हान्स जिमर)
एडप्टेड स्क्रिननप्लेः सायन हेडेर (कोडा)
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया