तटस्थ हैसियतबारे रुससँग छलफल गर्न युक्रेन तयारः जेलेन्स्की
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग अब हुने वार्तामा सम्प्रभुता र क्षेत्रीय अखण्डताको विषयलाई प्राथमिकतामा राख्ने बताएका छन् । यसै साता दुवै देशबीच टर्कीमा शान्ति वार्ता हुँदैछ ।
यस वार्ताभन्दा अगाडि उनले भनेका छन्, ‘सुरक्षाको सुनिश्चितता हाम्रो लागि सबैभन्दा महत्वपूर्ण छ । हाम्रो लक्ष्य शान्ति हो र युक्रेनी जनता छिटोभन्दा छिटो सामान्य जीवनमा फर्किन चाहन्छन् ।’
जेलेन्स्कीले एक स्वतन्त्र रुसी मिडियालाई दिएको ९० मिनेटको अन्तर्वार्तामा रुससँग शान्ति सम्झौताको माध्यम एक तटस्थ स्थिति बनाउनका लागि पनि छलफल गर्न तयार रहेको बताएका थिए । तर यसमा तेस्रो पक्षलाई सहभागी गराउन र जनमत संग्रह गर्नुपर्ने उनको शर्त छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भिडियो फोनमार्फत दिएको अन्तर्वार्तामा जेलेन्स्कीले भने, ‘सुरक्षा सुनिश्चितता, तटस्थता, युक्रेनको गैर-आणविक हैसियतका लागि हामी तयार छौं, यो हाम्रा लागि सबैभन्दा महत्वपूर्ण छ ।’ युक्रेनी राष्ट्रपतिले रुसी भाषामा दिएको अन्तर्वार्तामा रुसले गरेको आक्रमणले रुसी भाषी सहरलाई विनाश गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया