समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयनमा जोड
कर्णाली । नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश अध्यक्ष विमला केसीले मुलुकको राष्ट्रप्रमुखको हैसियतमा महिलालाई पु-याउने व्यवस्था माओवादीले ल्याएको दाबी गरेकी छिन् ।
माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा आज आयोजित ‘समाजवादोन्मुख समृद्धिका लागि स्थानीय सरकार निर्माणमा प्राध्यापक, शिक्षक, कर्मचारी र बुद्धिजीवीको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रममा उनले महिला राष्ट्रपति माओवादी क्रान्तिको उपलब्धि हो भने । समाजमा हेपिएको, दमन, शोषणमा परेको जाति, लिंग, वर्ग र क्षेत्रलाई माओवादीको १० वर्षको सशस्त्र युद्धले राज्यको बागडोर सम्हाल्ने तहमा पु-याएको उनले दाबी गरे ।
‘हिजो एकल महिलाले समाजमा सजिलै जिउन सक्ने अवस्था थिएन तर त्यही समाजको महिला आज यो देशकै सर्वोच्च पदमा रहेर राष्ट्रप्रमुखको भूमिका निर्वाह गरिरहनुभएको छ,’ अध्यक्ष केसीले भने, ‘यो व्यवस्था ल्याउन कसले अगुवाइ ग-यो रु माओवादी पार्टीले होइन पितृसत्ता ढाल्नेदेखि जातीय, सामाजिक र लैंगिक विभेद अन्त्य गरी सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने भूमिका माओवादीले खेलेको होइन र ? देशलाई आफ्नो काबुमा राखेका प्रतिगमनकारी शक्तिले यो देखि सहेका छैनन् तिनलाई परास्त जनताले आफ्नो मतबाट गर्नुपर्दछ ।’
उनले अभिव्यक्ति स्वतन्त्रता दिलाउनेदेखि महिलालाई ३३ प्रतिशत अधिकारको सुनिश्चितता, दलित, आदिवासी जनजाति, उत्पीडित, सीमान्तकृत र अल्पसंख्यकलाइ राज्यको मूलप्रवाह ल्याउन माओवादी उनीहरुको आधार र आवाज बनेको दाबी गरिन् । उनले समानुपातिक समावेशी सिद्धान्त र नीतिले आज राज्यका हरेक नीतिगत तह तथा निर्णायक भूमिकामा सबै जाति, क्षेत्र र लिंगको प्रतिनिधित्व गर्ने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना हुनु माओवादी युद्धको उपलब्धि र सफलता दुवै भएकोे जिकिर गरिन् ।
केन्द्रका प्रदेश समिति सचिव धनजीत शाहीले माओवादी क्रान्तिबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु अहिलेको मुख्य अभिभारा भएको बताइन् । अन्तक्रिया कार्यक्रममा प्राध्यापक, शिक्षक, विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी र बुद्धिजीवीको सहभागिता थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया