आइपिएलमा २०५ रन बनाउँदा पनि हार्याे आरसिबी
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा राेयल च्यालेन्जर्स बैंग्लाेर (आरसिबी) २०५ रन बनाउँदा पनि पराजित भएको छ ।
गएराति भएको खेलमा आरसिबी पञ्जाव किंग्ससँग ५ विकेटले पराजित भएको हो । पहिले ब्याटिङ गर्दै आरसिबीले २० ओभरमा २०५ रनको विशाल लक्ष्य दिएको थियो ।
विशाल लक्ष्य दिने क्रममा फाट डु प्लेसिसले ८८, विराट कोहलीले ४१ र दिनेश कार्तिकले ३२ रन बनाएका थिए ।
तर पञ्जाव किंग्सका शिखर धवन र भानुका राजपक्षले ४३/४३ रनको जोडे, मयंक अग्रवालले ३२, एम शाहरुख खानले २४ रन बनाए । ८ बलमा ओडेन स्मिथले २५ रनको आक्रामक पारी खेलेपछि आरसिबी एक ओभर अगावै पराजित हुन पुग्यो । ८ बलमा २५ रन बनाएर टिमलाई जिताउने स्मिथ प्लेयर अफ द म्याच घोषित भए ।
आज गुजरात टाइटान्स र लखनउ सुपर जायन्टबीच खेल हुँदैछ । अर्को खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया