आइपिएलमा २०५ रन बनाउँदा पनि हार्याे आरसिबी
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा राेयल च्यालेन्जर्स बैंग्लाेर (आरसिबी) २०५ रन बनाउँदा पनि पराजित भएको छ ।
गएराति भएको खेलमा आरसिबी पञ्जाव किंग्ससँग ५ विकेटले पराजित भएको हो । पहिले ब्याटिङ गर्दै आरसिबीले २० ओभरमा २०५ रनको विशाल लक्ष्य दिएको थियो ।
विशाल लक्ष्य दिने क्रममा फाट डु प्लेसिसले ८८, विराट कोहलीले ४१ र दिनेश कार्तिकले ३२ रन बनाएका थिए ।
तर पञ्जाव किंग्सका शिखर धवन र भानुका राजपक्षले ४३/४३ रनको जोडे, मयंक अग्रवालले ३२, एम शाहरुख खानले २४ रन बनाए । ८ बलमा ओडेन स्मिथले २५ रनको आक्रामक पारी खेलेपछि आरसिबी एक ओभर अगावै पराजित हुन पुग्यो । ८ बलमा २५ रन बनाएर टिमलाई जिताउने स्मिथ प्लेयर अफ द म्याच घोषित भए ।
आज गुजरात टाइटान्स र लखनउ सुपर जायन्टबीच खेल हुँदैछ । अर्को खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया