अध्यक्ष लिङ्देनले बनाए वरिष्ठ नेताहरू समेटेर पार्टीको कार्यसम्पादन समिति (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरू मेटेर कार्यसम्पादन समिति गठन गरेका छन् ।
यो समितिले पार्टीको हाइकमाण्डका रूपमा काम गर्ने बताइएको छ ।
२० सदस्यीय समितिमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज, दीपक बोहोरादेखि महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती शाहीसम्म समेटिएका छन् ।
राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ रहेकाले अब बाँकी १३ जना पनि छिट्टै मनोनयन गरिने बताइएको छ ।
यसअघि निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र संस्थापक अध्यक्ष पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द स्वतः कार्यसम्पादन समितिको सदस्य हुने व्यवस्था छ ।
यी ३ र आज मनोनयन भएका २० जनासँगै कार्यसम्पादन समितिको सदस्य संख्या २३ पुगेको छ ।
हेरौं विज्ञप्तिमा सूची :
ताजा अपडेट
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
-
रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न माओवादीद्वारा सरकारको ध्यानाकर्षण
-
एक सातामा थपिए ८६ जना डेंगु सङ्क्रमित
प्रतिक्रिया