NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

हृदयेश त्रिपाठीलाई छोडेर ओलीतिर लागेका गुप्ता को हुन् ?

काठमाडौं । जनता प्रगतिशील पार्टीका नेता बृजेशकुमार गुप्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनी हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशलि पार्टी छोडेर आज एमालेतिर लागेका हुन् ।

उनलाई आज कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका हुन् ।

गुप्ता आफूमात्र एमालेमा गएनन् प्रदेश सांसद धर्मबहादुर श्रीवास्तवलगायत जम्बो टोली लिएर एमालेतिर लागेका हुन् । यसले त्रिपाठीलाई ठूलो धक्का लागेको छ ।

गुप्ता पूर्वमन्त्री तथा संघीय सांसद हुन् । उनी कपिलवस्तु २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

त्रिपाठी, गुप्ता, श्रीवास्तव लगायतले ०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहको नामबाट प्रतिस्पर्धा गरेका थिए, तर चुनाव चिह्न सूर्य नै लिएका थिए । प्रतिनिधिसभामा त्रिपाठी र गुप्ता निर्वाचित भए ।

यस्तै लुम्बिनी प्रदेशसभामा श्रीवास्वत र अजय शाही निर्वाचित भएका थिए । श्रीवास्तव पनि एमालेमा प्रवेश गरेका छन् ।

बृजेश गुप्ता जनता प्रगतिशील छोडेर एमालेतिर