चीनको सबैभन्दा ठूलो सहर सांघाईमा चरणबद्ध लकडाउनको तयारी
काठमाडौं (एजेन्सी) । चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणबद्ध लकडाउन गर्ने भएको छ ।
सोमबारदेखि सुरु हुने कोभिड परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा सुरूमा लकडाउन गरिने स्थानीय प्रशासनले जनाएको छ ।
त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसंख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रब्यापी प्रकोपको प्रमुख केन्द्र बनेको छ ।
चीनमा आइतबार एकै दिन कोभिडका चार हजार ५०० संक्रमित देखिएको यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा एक हजार कम हो ।
संक्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनका कारण दशौँ हजार चिनियाँ प्रभावित भएका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया