रुस–युक्रेन शान्ति वार्तामा सहभागी रुसी अर्बपतिमाथि विषाक्त आक्रमणको आशंका
काठमाडौं (एजेन्सी) । रुस–युक्रेन शान्ति वार्तामा सहभागी रुसी अर्बपति रोमन अब्रामोविचमाथि विषाक्त आक्रमण भएको आशंका गरिएको छ । सोही बैठकमा सहभागी युक्रेनी वार्ता टोलीका दुई सदस्यलाई पनि रोमनलाई जस्तै समस्या देखिएको छ ।
मार्चको सुरुमा युक्रेन–बेलारुसको सीमामा भएको शान्ति वार्तामा रोमनलगायतमाथि त्यस्तो विषाक्त आक्रमण भएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बिबिसीका अनुसार, त्यो बैठकमा सहभागितापछि रोमनको आँखा सुन्निनुका साथै छालाको रंग पहेँलो भएको थियो । तथापि, उनको अवस्था अहिले सुधारोन्मुख रहेको बताइएको छ ।
वार्ता विफल पार्न चाहने रुसी हार्डलाइनरको संलग्नतामा यस्तो घटना भएको एउटा रिपोर्ट सार्वजनिक भएको छ । तर रुसका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा समाचार संस्था रोयटर्सलाई आरोप खण्डन गरेका छन् । त्यस्तो लक्षण वातावरणीय प्रभावका कारण देखिएको हुनसक्ने उनको तर्क छ ।
युक्रेनी राष्ट्रपतिको कार्यालयले पनि विषाक्त आरोपको खण्डन गरेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया