NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

रुस–युक्रेन शान्ति वार्तामा सहभागी रुसी अर्बपतिमाथि विषाक्त आक्रमणको आशंका

काठमाडौं (एजेन्सी) । रुस–युक्रेन शान्ति वार्तामा सहभागी रुसी अर्बपति रोमन अब्रामोविचमाथि विषाक्त आक्रमण भएको आशंका गरिएको छ । सोही बैठकमा सहभागी युक्रेनी वार्ता टोलीका दुई सदस्यलाई पनि रोमनलाई जस्तै समस्या देखिएको छ ।

मार्चको सुरुमा युक्रेन–बेलारुसको सीमामा भएको शान्ति वार्तामा रोमनलगायतमाथि त्यस्तो विषाक्त आक्रमण भएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बिबिसीका अनुसार, त्यो बैठकमा सहभागितापछि रोमनको आँखा सुन्निनुका साथै छालाको रंग पहेँलो भएको थियो । तथापि, उनको अवस्था अहिले सुधारोन्मुख रहेको बताइएको छ ।

वार्ता विफल पार्न चाहने रुसी हार्डलाइनरको संलग्नतामा यस्तो घटना भएको एउटा रिपोर्ट सार्वजनिक भएको छ । तर रुसका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा समाचार संस्था रोयटर्सलाई आरोप खण्डन गरेका छन् । त्यस्तो लक्षण वातावरणीय प्रभावका कारण देखिएको हुनसक्ने उनको तर्क छ ।

युक्रेनी राष्ट्रपतिको कार्यालयले पनि विषाक्त आरोपको खण्डन गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष