सुनको मूल्य १३०० रूपैयाँ घट्यो
काठमाडाैं । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा एक हजार तीन सय रूपैयाँ घटेर ९९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार छापावाल सुन तोलामा एक लाख पाँच सय रूपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार मंगलबार तेजावी सुन तोलामा ९८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा १० रूपैयाँ घटेको छ ।
महासंघका अनुसार आज चाँदी एक हजार ३७० रूपैयाँमा कारोबार भइरहेको हो । सोमबार चाँदी तोलामा एक हजार एक सय ८० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया