NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

चुनावी तालमेलका लागि विश्वप्रकाशका सूत्र यस्ता छन्

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले २०७४ मा झै वाम गठबन्धन रोक्न पनि अब कांग्रेसको लागि चुनावी तालमेलको आवश्यकता भएको बताएका छन् । सामाजिक संजालमा लेख्दै शर्माले भावनात्मक आवेग र यथार्थ फरकफरक भएको बताए ।

केन्द्रीय समितिको बैठकमा बोल्दा पनि चुनावी गठबन्धनको पक्षमा बोलेका शर्माले कसरी गठबन्धन गर्ने भन्ने सूत्र पनि अघि सारेका हुन् ।

‘कांग्रेसलाई पहिलो बनाउने उद्देश्य पूरा गर्न, कि सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ कि ०७४ को झैं ‘वाम गठबन्धन’ बन्नबाट रोक्नुपर्छ । यसका लागि गहिरो सुझबुझ जरुरी छ’ शर्माले भनेका छन्, ‘भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुन्छ । परिस्थिति बदल्न स्थितिको आकलन जरुरी हुन्छ ।’

कोही बलियो भएर विरुद्धमा तालमेल नभई संविधानको रक्षा, स्थिरता, सुशासन र समृद्धिको सहयात्राको लागि भएको उनको तर्क छ ।
‘कोही बलियो भएर कसैका विरुद्ध तालमेल जरुरी होइन । संविधान रक्षा, स्थिरता, सुशासन र समृद्धिको सहयात्रा बलियो बनाउने प्रश्न हो’ शर्माले भनेका छन्, ‘त्यो नीतिको जगमा ‘कहिँ एक्लै जित्ने’, ‘कहिँ तालमेल’ रणनीतिक विषय हो । सँगैमा ‘भरतपुरको भावना’ आत्मसात गरेर समाधान पहिल्याउन हामी प्रष्ट र दृढ छौं ।’

केन्द्रका साथै प्रदेश, जिल्ला र क्षेत्रमा संसदीय बोर्डको प्रावधान रहेको भन्दै शर्माले तालमेल आवश्यक छ कि छैन स्थानीय समितिले नै टुंग्याउने पनि उनको भनाई छ ।

‘काँग्रेसको केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा संसदीय बोर्डको प्रावधान छ । बोर्ड विकेन्द्रितको अर्थ अधिकार विकेन्द्रित हो । अत तालमेल गर्दा कहाँ आवश्यक छ रछैन निधो गर्न, स्थानीय भावना आत्मसात गर्न स्थानीय समिति सक्षम छन् । हामी व्यहारिक र लोकतान्त्रिक प्रक्रियामा छौं, जय नेपाल ।’