कोलम्बो पुगेका परराष्ट्रमन्त्री खड्का द्विपक्षीय भेटवार्तामा व्यस्त

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८ औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का आज बिहानैदेखि द्विपक्षीय भेटवार्तामा व्यस्त भएका छन् ।
आज बिहान उनले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता गरेका थिए अपराह्न बङ्गलादेश र थाइल्याण्डका विदेशमन्त्रीलाई बेग्लाबेग्लै भेटेर द्विपक्षीय एवं बहुपक्षीय चासोका विविध विषयमा विचारविमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री खड्काले थाइल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री दोन प्रमुदिनाई र बङ्गलादेशका विदेशमन्त्री ए के अब्दुल मोमनसँगको भेटमा व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनबारे छलफल गरेका थिए ।
यसैबीच, मन्त्री खड्काले मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै बिम्स्टेकको पुनरुत्थानका लागि नवीकरणीय सङ्कल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यमा जोड दिए । सङ्गठनलाई गतिशील तुल्याउन वर्तमान चुनौतीअनुरुप नवीन मार्गहरू पहिल्याउनुपर्ने उनले बताए ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया