प्रधानमन्त्री देउवाको चिन्ता, संघीयतामा ‘डेलिभरी’ भएन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले चित्तबुझ्दो परिणाम दिन नसकेको स्वीकार गर्दै चिन्ता जनाएका छन् ।
मंगलबार सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ४९ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उक्त बैठकमा मन्त्री, विभिन्न मन्त्रालयका सचिव र प्रदेश मुख्य मन्त्रीहरू सदस्य रहन्छन् । सो बैठकमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले संघीयतालाई बलियो बनाउन आफ्नो नेतृत्वमा सरकार बनाउनु पर्ने परिस्थिति सिर्जना भएको तर डेलिभरी दिन नसकेको भन्दै चिन्ता जनाएको एक सचिवले नेपालवाचलाई बताए ।
उक्त बैठकमा प्रधानमन्त्री देउवाले चार मिनेटमात्रै सम्बोधन गरेका थिए । ‘ठेक्का घटेर लिन्छन्, काम हुँदैन’, उनले भने ।
सार्वजनिक खरिद ऐनमा भएका केही व्यवस्थाका कारण विकास निर्माणमा समस्या भएको उनको भनाइ थियो ।
उनले लागतभन्दा कम मूल्यमा ठेक्का पार्ने र काम गर्नै नसक्ने स्थिति रहेको भन्दै त्यसबाट मुक्त हुनुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले प्रशासनिक खर्च बढ्दै गएको र पुँजीगत खर्च खुम्चिँदै गएकोमा पनि चिन्ता व्यक्त गरेका थिए ।
तर उनले प्रशासनिक खर्च घटाएर पुँजीगत खर्च कसरी बढाउने भन्नेबारे कुनै निर्देशन नदिएको कर्मचारीहरूले बताएका छन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया