सुनको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । मंगलबार घटेको सुनको मूल्य बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार चार सय रूपैयाँ घटेको हो ।
महासंघका अनुसार मंगलबार तोलामा ९९ हजार दुई सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
आज तेजावी सुन तोलामा ९८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुनको मूल्य तोलामा ९८ हजार सात सय रूपैयाँ कायम गरिएको थियो।
त्यस्तै आज चाँदी तोलामा १० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार ३६० रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी तोलामा एक हजार एक सय ७० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया