सुनको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । मंगलबार घटेको सुनको मूल्य बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार चार सय रूपैयाँ घटेको हो ।
महासंघका अनुसार मंगलबार तोलामा ९९ हजार दुई सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
आज तेजावी सुन तोलामा ९८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुनको मूल्य तोलामा ९८ हजार सात सय रूपैयाँ कायम गरिएको थियो।
त्यस्तै आज चाँदी तोलामा १० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार ३६० रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी तोलामा एक हजार एक सय ७० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया