NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

गठबन्धनलाई पाँच किलोको ढकसँग तुलना गर्दै ओलीले भने– क्विन्टलसँग चुनाव लड्ने आँट छ ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दललाई पाँच किलोको ढकको संज्ञा दिएका छन् ।

बुधबार व्यवसायी एवं एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुर सूर्यविनायकमा सञ्चालन गरेको हरितगृह थोक तरकारी बाजार उद्घाटन गर्दै ओलीले उक्त टिप्पणी गरेका हुन् ।

‘तराजुको तुलामा जोख्ने हो भने एकातिर गठबन्धन दल एक–एक किलाको ढक रहेको छ । एमाले एक क्विन्टलको ढक हो’, उनले भने, ‘कहाँको एक क्विन्टलको ढक कताको एक–एक किलाको पाँच किलोको ढक ? आगामी चुनावमा एमालेसँग सिंगल भिड्न कसैले आँट नगरे हुन्छ ।’

नेपाललाई तीव्र विकासको बाटोमा डो¥याउने काम आफ्नो नेतृत्वको सरकारले गरेको दाबी गर्दै उनले आगामी दिनमा एमालेले अत्याधिक बहुमत ल्याएर नेपालीको सुखी र समृद्धिको सपना पूरा गर्ने जिकिर गरे ।