NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

आहुतिको पार्टीको भेलामा वैद्यदेखि विप्लवसम्म

काठमाडौं । कम्युनिस्टको वैकल्पिक शक्तिको रूपमा आफूलाई दाबी गर्दै आएको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय भेला बिहीबारबाट सुरू हुँदैछ ।

पार्टीका संयोजक विश्वभक्त दुलाल आहुतिले बुधबार एक विज्ञप्ति जारी गर्दै भेलाबारे जानकारी दिएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहीबार दिउँसो १२ बजे भेलाको उद्घाटन हुने र भेलामा ५० जिल्लाका प्रतिनिधि सहभागी हुने जानकारी दिइएको छ ।

भेलामा वैज्ञानिक समाजवादीको आजको कार्यदिशा, प्रमुख उत्पादक शक्ति विज्ञान–प्रविधिमा आधारित वैज्ञानिक समाजवादको स्वरुप, संरचना र कार्ययोजना, नेपाली समाजको नयाँ वर्ग विश्लेषण, पितृसत्ता र जातव्यवस्थाको अन्त्यको स्पष्ट कार्यदिशा र कार्यनीति तय गरेको छ ।

उद्घाटनसत्रलाई नेकपा (माओवादी क्रान्तिकारी)का महासचिव मोहन वैद्य, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, अर्को नेकपाका अध्यक्ष ऋषि कट्टेल लगायतले सम्बोधन गर्नेछन् । बन्दसत्र भक्तपुरको बोडेमा हुनेछ ।

No description available.