चार जिल्लाका प्रजिअ फेरिए
काठमाडौं । सरकारले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परिवर्तन गरेको छ । गृह मन्त्रालयले अर्घाखाँची, प्यूठान, बर्दिया र कपिलवस्तुका यसअघिका प्रजिअलाई तानेर नयाँलाई पठाएको हो ।
स्रोतका अनुसार, अर्घाखाँचीका प्रजिअ हरिप्रसाद घिमिरेको स्थानमा शशिधर घिमिरेलाई पठाइएको छ । हरिप्रसादको सरुवा भने राष्ट्रिय विपद प्राधिकरणमा गरिएको छ ।
त्यसैगरी प्यूठानमा सुनीता नेपालललाई पठाएर त्यहाँ कार्यरत खिमराज भुसाललाई गृह मन्त्रालय तानिएको छ । बर्दियामा बन्धुप्रसाद बास्तोला र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई पठाउने निर्णय गरिएको छ । कपिलवस्तुका प्रजिअ चक्रपाणि पाण्डेलाई पनि गृहमा सरुवा गरिएको स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया