सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडाैं । लगातार घटेको सुनको मूल्य बिहीबार सामान्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा एक सय रूपैयाँ बढेर ९८ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका बुधबार छापावाल सुन तोलामा ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन तोलामा ९८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुनको मूल्य तोलामा ९८ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा १० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार तीन सय पचास रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार छापावाल सुन तोलामा एक हजार ३६० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया