सडक बोर्ड नेपालले माग्यो कार्यकारी निर्देशक

काठमाडौं । सडक वोर्ड नेपालले कार्यकारी निर्देशक पदमा कर्मचारी मागेको छ । बोर्डले सडक वोर्ड ऐन २०५८ को दफा २१ बमोजिम कर्मचारी माग गरेको हो ।
बोर्डले कार्यकारी निर्देशक पदको लागि खुल्ला प्रतिस्पर्धाद्धारा कर्मचारी नियुक्ति गर्नका लागि सूचना जारी गरिएको हो । बोर्डका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशन भएको १५ दिनभित्र दरखास्त दिन पाउने छन् । त्यसैगरी उम्मेदवारको उमेर ३५ पूरा भएको र ६० वर्ष ननाघेको हुनुपर्नेछ ।
उक्त पदका लागि उम्मेवारको न्युनतम योग्यता हाइवे इन्जिीन्यिरिङ वा व्यवस्थापनमा स्नातकोत्तर गरी सम्बन्धित निकायमा कम्तिमा दश वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।
बोर्डले नियुक्ति अवधि बढीमा चार वर्ष तोकेको छ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया