शिक्षण अस्पतालले माग्यो क्लिनिकल रजिस्ट्रार
काठमाडौं । त्रिवि शिक्षण अस्पतालले रेडियोलोजी विभागअन्तर्गत अस्थायी दरबन्दीमा करार सेवामा क्लिनिकल रजिस्ट्रार पदको लागि एक जना कर्मचारी मागेको छ । अस्पतालले बिहीबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
अस्पतालका अनुसार इच्छुक नागरिकले सूचना जारी भएको दिनदेखि चैत २३ गतेसम्म कार्यलय समयभित्र दरखास्त दिन पाउने छन् । उम्मेदवारले दरखास्त दिँदा अस्पतालको हिमालयन बैंक महाराजगञ्जमा परीक्षा दस्तुरबापत् दुई हजार जम्मा गरी सक्कल भौचरसहित आवेदन दिन सक्ने अस्पतालले जनाएको छ ।
त्यस्तै उम्मेदवारको उमेर पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ । उक्त पदका लागि उम्मेवारको न्युनतम योग्यता रेडियोलोजीमा एमडी अथवा इक्युभ्यालेन्ट गरेको हुनुपर्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया