सत्ताधारी कम्युनिष्ट कुहिएको अण्डा हुन् : सीपी गजुरेल
काठमाडौं । नेकपा (माओवादी क्रान्तिकारी)का नेता सीपी गजुरेलले सत्तामा रहेका कम्युनिष्टहरूलाई कुहिएको अण्डाको संज्ञा दिएका छन् । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले कुखुराको कुहिएको अण्डाका कारण देश नै गनाउने भएको टिप्पणी गरे ।
‘बाहिर मिडियाले नेपालमा जस्तो कम्युनिष्ट कतै छैन भनेर हल्ला गरेका छन् । सत्तामा पनि कम्युनिष्ट छन् । प्रतिपक्षमा पनि कम्युनिष्ट छन् । सडकमा पनि कम्युनिष्ट छन् । राष्ट्र घात गर्नेपनि कम्युनिष्ट छन् । राष्ट्रघातको विरोध गर्ने पनि कम्युनिष्ट छन्’, उनले भने, ‘यसो हेर्दा जताततै कम्युनिष्ट छन् । प्रचण्डलाई आफु जस्तो कम्युनिष्ट कोही छैन जस्तो लाग्छ । ओलीजी त आफु बाहेक अन्यलाई कम्युनिष्ट नै देख्नुहुन्न । वास्तवमा त्यस्तो होइन । हामी भनेको शक्तिसहितको अण्डा हो । उनीहरू कुहिएको अण्डा हो ।’
कुहिएको अण्डाका विरुद्ध सच्चा क्रान्तिकारी शक्तिहरू एक जुट हुनुपर्ने उनले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया