मृतक मतदाताको नाम हटाइयो
बाँके । जिल्ला निर्वाचन कार्यालय बाँकेले स्थानीय तहबाट प्राप्त भएका मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ ।
यहाँका छ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाबाट ५९८, राप्ती सोनारी गाउँपालिकाबाट ७०४ र नेपालगञ्ज उपमहानगरपालिकाबाट १७१ सहित कूल एक हजार ४७३ मृतक मतदाताको नाम मतदाता नामावलीमा थियो । एक हजार १२६ जनाको अझै पनि मतदाता नामावलीमा नाम रहेको बताइएको छ ।
‘हामीलाई स्थानीय तहले जसरी नाम पठाएको थियो, त्यसरी नै हामीले त्यसलाई अन्तिम नामावलीका रुपमा राख्यौं,’ जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले भनिन् । उनले पालिकाले दिएको रेकर्डका आधारमा नै मतदाता नामावली अद्यावधिक गरिएको जानकारी दिइन् ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले केही पालिकाले मृत्यु भइसकेका व्यक्तिको विवरण निर्वाचन कार्यालयलाई नबुझाउँदा मतदाताको अन्तिम नामावलीमा मृत्यु भइसकेका व्यक्ति पनि समावेश भएको बताए ।
उनले नेपालगञ्ज उपमहानगरपालिकाका केही वडाबाट मात्रै विवरण आएको र पालिकाले पाँच वर्षमा मृत्यु भएका व्यक्तिको विवरण नै नपठाएपछि मतदाता नामावलीमा मृत्यु भइसकेका नाम उल्लेख भएको जानकारी दिए ।
सूचना अधिकारी पन्तले स्थानीय तहले पठाएको तीनपुस्ते विवरण र जिल्ला निर्वाचन कार्यालयले सङ्कलन गरेको मतदाता नामावलीसँग मेल खाएका आधारमा मृतक भनेर पहिचान गरी मतादाता नामावलीबाट नाम हटाइने काम भएको बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया