साताको अन्तिम दिन सुनको मूल्य बढ्यो
काठमाडाैं । बिहीबार बढेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ बढेर ९९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन तोलामा ९९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार चार सय रूपैयाँ कायम गरिएको थियो ।
त्यस्तै आज चाँदी तोलामा १० रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा एक हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा एक हजार तीन सय पचास रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया