साताको अन्तिम दिन सुनको मूल्य बढ्यो
काठमाडाैं । बिहीबार बढेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ बढेर ९९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन तोलामा ९९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार चार सय रूपैयाँ कायम गरिएको थियो ।
त्यस्तै आज चाँदी तोलामा १० रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा एक हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा एक हजार तीन सय पचास रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया