सानिमा बैंकको सूर्यविनायक शाखा स्थानान्तरण हुँदै

काठमाडौं । सानिमा बैंकको भक्तपुरस्थित सूर्यविनायक शाखा स्थानान्तरण हुने भएको छ । उक्त शाखा सो स्थानबाट २०० मिटर पूर्वतर्फको भवनमा स्थानान्तरण हुन लागेको बैंकले एक सुचना जारी गरी जानकारी दिएको छ ।
शाखा स्थानान्तरण हुने भएसँगै आउँदो शनिबार र आइतबार एटिएमलगायत सम्पूर्ण सेवाहरु पनि बन्द रहने सूचना बैंकले सम्बन्धित ग्राहकलाई दिएको छ । बैंकका अनुसार उक्त शाखा आउँदो चैत्र २० गतेदेखि भने सम्पूर्ण कारोबार स्थानान्तरण भएको स्थानबाटै नियमित रुपमा सञ्चालन हुने छ ।
साथै बैंकले ग्राहकलाई बैंकिङ कारोबार असुविधाप्रति क्षमा प्रकट गरेको छ ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया