सानिमा बैंकको सूर्यविनायक शाखा स्थानान्तरण हुँदै
काठमाडौं । सानिमा बैंकको भक्तपुरस्थित सूर्यविनायक शाखा स्थानान्तरण हुने भएको छ । उक्त शाखा सो स्थानबाट २०० मिटर पूर्वतर्फको भवनमा स्थानान्तरण हुन लागेको बैंकले एक सुचना जारी गरी जानकारी दिएको छ ।
शाखा स्थानान्तरण हुने भएसँगै आउँदो शनिबार र आइतबार एटिएमलगायत सम्पूर्ण सेवाहरु पनि बन्द रहने सूचना बैंकले सम्बन्धित ग्राहकलाई दिएको छ । बैंकका अनुसार उक्त शाखा आउँदो चैत्र २० गतेदेखि भने सम्पूर्ण कारोबार स्थानान्तरण भएको स्थानबाटै नियमित रुपमा सञ्चालन हुने छ ।
साथै बैंकले ग्राहकलाई बैंकिङ कारोबार असुविधाप्रति क्षमा प्रकट गरेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया