पेट्रोलको मूल्य १ रूपैयाँले घटेर आयो, १५ दिनमा निगमलाई ५ अर्ब २१ करोड घाटा
काठमाडाैं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य समायाेजन गरेर पठाएको छ । नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको मूल्यमा सामान्य थपघट भएअनुसार आइओसीले आज नयाँ मूल्य समायोजन गरी पठाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर एक रूपैयाँ ४८ पैसा घटेर आएको छ । पेट्रोलबाहेक अन्यको भने मूल्य बढेर आएको निगमले जनाएको छ । निगमका अनुसार डिजेल ० रूपैयाँ ०२ पैसा, मट्टीतेल २२ रूपैयाँ १९ पैसा, हवाइ इन्धन ४ रूपैयाँ २३ पैसाले बढेर आएको छ । त्यस्तै एलपी ग्याँस प्रतिसिलिण्डर २७३ रूपैयाँ ३८ पैसाले बढेर आएको छ ।
नयाँ मूल्य समायोजनपछि आगामी १५ दिनमा निगमलाई करिब ५ अर्ब २१ करोड घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ।
गत चैत्र २ मा मूल्य समायोजन गरेयता निगमले पेट्रोलियमको भाउ बढाएको छैन। पछिल्लो समायोजनयता पेट्रोलको मुल्य प्रति लिटर १ सय ५५ र डिजेल प्रति लिटर १ सय ३८ रुपैयाँ रहेको छ । नयाँ मूल्यअनुसार निगमलाई प्रतिमहिना १० अर्ब भन्दा बढी नाेक्सानी हुने स्थिति रहेको निगमले जनाएको छ ।
चालु आर्थिक वर्षको हालसम्म निगमले करिक ३२ अर्ब नोक्सानी व्योहोरिसकेको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया