ग्रीन भेन्चर्सको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ । बाँडफाँट हुँदा गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो ।
ग्रीन भेन्चर्स चैत ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेका थिए। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरेका हुन् ।
जसमध्ये ५५ अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामुहिक लगानी कोष र ३५ अर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, ग्रीन भेन्चर्सको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया