NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

अभिनेत्री मलाइका चढेको कार दुर्घटनामा

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोरा चढेको कार दुर्घटनामा परेको छ । मुम्बईको पुणे एक्सप्रेस वे नजिक अरोरा सवार रेञ्ज रोभर कार दुर्घटनामा परेको हो ।

अत्याधिक ट्राफिकका कारण अरोराको कार दुर्घटनामा परेको बताइएको छ । धेरै जाम भएका कारण गाडीहरू आपसमा ठोकिंदा अभिनेत्रीको कारमा पनि ठक्कर लागेको हो ।

दुर्घटनापछि उनलाई मुम्बईको अपोलो अस्पतालमा भर्ना गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । उनको टाउकोमा हल्का चोट लागेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।