सुनको मूल्य ४०० रूपैयाँ घट्यो, चाँदीको स्थिर

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय रूपैयाँ घटेर ९९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ बढेर ९९ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन तोलामा ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर छ । महासंघका अनुसार आज चाँदी शुक्रबारकै मूल्य तोलामा एक हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया