चेल्सीले घरेलु मैदानमै ब्रेन्टफोडसँग ब्यहोर्यो लज्जास्पद हार
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बलियो चेल्सीले तुलनात्मक रूपमा ब्रेन्टफोर्टसँग घरेलु मैदानमा लज्जास्पद हार ब्यहोरेको छ ।
शनिबार राति भएको खेलमा घरेलु टोली चेल्सीलाई ब्रेन्टफोर्डले ४–१ गोल अन्तरले हराएको हो ।
सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो ।
एन्टोनियो रुडिगरले खेलको ४८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, ५० औं मिनेटमा ब्रेन्टफोर्डका भिटाली जनालेटले गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए ।
खेलको ५४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै ब्रेन्टफोर्डलाई २–१ को अग्रता दिलाए ।
त्यसपछि पनि बेन्टफोर्ड रोकिएन । खेलको ६० औं मिनेटमा भिटालीले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ को अग्रता दिलाए ।
खेलको ८७ औं मिनेटमा योयाने विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४–० को सानदार जित दिलाए ।
यस जितसँगै ब्रेन्टफोर्ड ३३ अंक जोडेर लिगको १४ औं स्थानमा रहेको छ ।
हारका बाबजुद चेल्सी ५९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया